logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

अत्रौलीमा १५८ जना विद्यार्थीको निःशुल्क रक्त समूह पहिचान


  • उज्यालो अभियान

अत्रौलीस्थित माविमा विद्यार्थीको रक्त समूह पहिचान गर्न आयोजित शिविर ।

अत्रौली – सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–२, अत्रौलीमा रहेको रामऔतार जनता माध्यमिक विद्यालयका १५८ जना विद्यार्थीको मंगलवार निःशुल्क रुपमा रक्त समूह (ब्लड ग्रुप) पहिचान गरिएको छ ।


नेसन सपोर्ट फाउण्डेसन र कमलामाई मिडिया प्रा.लि.को आयोजना तथा सूर्योदय लाईफ केयर सेन्टर प्रा.लि. लालबन्दीको प्राविधिक सहयोगमा त्यस विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको रक्त समूह पहिचान गरिएको हो ।

यसअघि केही दिन पहिले उत्तरी भेगमै पर्ने लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रहेको डिम जनता माध्यमिक विद्यालयका सय जना विद्यार्थीको बिना शुल्क यसैगरी रक्त समूह पहिचान गरिएको नेसन सपोर्ट फाउण्डेसनका प्रमुख राजेश साहले जानकारी दिए ।