अन्तरपुस्ता कार्यक्रमका सहभागीहरु । (तस्बिर : प्रकाश मैनाली)
बयलवास – सर्लाहीको ईश्वरपुरमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामीण नारी उत्थान संघले सेभ द चिडे«नको सहयोगमा लैंगिकताका आधारमा हुने हिंसा अन्त्य हुनुपर्छ भन्ने उद्देश्यसहित सञ्चालन गरिरहेको परियोजना अन्तर्गत बयलवासस्थित फूडस्पार्क रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो । ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक लगायतले विद्यालयको पठनपाठन, भौतिक संरचनाको अवस्था लगायतबारे गुनासो तथा जिज्ञाशा राखेका थिए ।
उक्त विषयमा मेयर देवकोटा, वडा नं. ६ का वडाध्यक्ष रहमान अन्सारी, कार्यपालिका सदस्य रमादेवी अधिकारी, गोमादेवी न्यौपाने, योजना शाखाका प्रमुख पुष्करमणि घिमिरे, शिक्षा शाखाका प्रमुख हरि दाहाल लगायतले जवाफ दिनुभएको उक्त परियोजनाकी अधिकृत सुजा दुलालले जानकारी दिईन् । उहाँका अनुसार यसअघि पनि यसैगरी दुईपटक अन्तपुस्ता सम्वाद कार्यक्रम गरिसकिएको छ ।
सो कार्यक्रमको रेकर्ड सामुदायिक रेडियो एकताबाट भोली बिहान ९ः१५ बजेबाट प्रशारण समेत गरिने छ ।