प्रतिकात्मक तस्बिर ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकामा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
मानसिक अवस्था कमजोर रहेका ईश्वरपुर नगरपालिका ९ का अन्दाजी ६०/६५ वर्षिय ईश्वर महतोको पोखरीमा डुबेर मृत्यु भएको हो । केही समय अघिनै घर छाडेर हिनेका महतोको शव सोमवार बिहानै स्थानिय पोखरीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
शव देख्नासाथैँ स्थानियले आफूँलाई खबर गरेको र आफूँले प्रहरीलाई खबर गरेको वडाध्यक्ष अमिरीलाल साहले जानकारी दिए । महतोको शवको परिवारले सनाखत गरेकाले पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको ईलाका प्रहरी कार्यालय, ईश्वरपुरले जनाएको छ ।