logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हरिपुरमा निःशुल्क स्वास्थ्य शिविर, १२५ जना लाभान्वित


  • उज्यालो अभियान

हरिपुर – समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिवार सर्लाहीको हरिपुरमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।

हरिपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय हरिपुरको संयुक्त आयोजनामा हरिपुर ईलाका प्रहरी कार्यालयकै प्राङ्गणमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा १२५ जनाले औषधोपचार गरी सेवा लिएका छन् ।

शिविरमा स्वास्थ्य जाँच गराउन आएकाहरुलाई किटको व्यवस्था गरी निःशुल्क रुपमा मधुमेह (सुगर) रोगको समेत परीक्षणको व्यवस्था मिलाइएको थियो । शिविरमा उपचार गराउन आएकाहरुलाई निःशुल्क रुपमा औषधि र मास्क वितरण गरिएको थियो ।

विशेषज्ञ चिकित्सक उपस्थित गराई आयोजित स्वास्थ्य शिविरमा हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर, ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक बिक्रम साह, नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बिकाउ महतो लगायत उपस्थित भएका थिए ।