logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

चक्रघट्टाको गोईयाहीमा आयोजित झण्डा मेलाको पूर्व सांसद साहद्वारा उद्घाटन


  • उज्यालो अभियान

मेलाको उद्घाटन गर्दै पूर्व सांसद एवं समाजसेवी नरेन्द्र साह । तस्बिर : उज्यालो अभियान

चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिका–६, गोईयाहीमा यसै वर्षबाट लगाउन सुरु गरिएको महावीर झण्डा मेलाको आज (शनिवार) पूर्व सांसद एवं समाजसेवी नरेन्द्र साहले उद्घाटन गरेका छन् ।

गाउँलेहरु मिलेर आयोजना गरेका मेलाको वडाध्यक्ष एवं पूजामा बसेका पे्रम रायको अध्यक्षतामा पूर्व सांसद साहले उद्घाटन गरेका हुन् । मेला पर्सीसम्म चल्नेछ । मेला आयोजना गर्न मनकारी व्यक्ति साहले आर्थिक सहयोग समेत प्रदान गरेका छन् ।

मेलाको उद्घाटन समारोहमा पूर्व सांसद साह, चक्रघट्टा गाउँपालिकामा अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका रामजी प्रसाद साह र जसपाका कृष्णकुमार यादव, छिमेकी पालिका बसबरिया गाउँपालिकाकी उपाध्यक्ष रिना कुमारी यादव लगायतको आतिथ्यता रहेको थियो ।