नागरिकता सहायता कक्ष स्थापना कार्यक्रममा लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने लगायत । तस्बिर सौजन्य : लालबन्दी प्रहरी
लालबन्दी – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–७, मरिण चौकमा सुक्रवारबाट नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त प्रयासमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । नजिकिँदो प्रमुख पर्वहरुमा यात्रुहरु ठगिनबाट जोगिउन र अप्ठेरोमा परेकाहरुलाई मद्धत गर्न सकियोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरिएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी बसेर चाडबाडको समयमा यात्रुहरुलाई सहयोग गर्नुका साथै सरकारले बनाएको मापदण्ड अनुसार सवारी साधनहरु चले÷नचलेको निगरानी गर्ने प्रहरी निरीक्षक थापाले बताए ।
नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, लालबन्दीका प्रहरी निरीक्षक थापा, ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङ लगायतको उपस्थिति थियो ।