logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवनबाट बिदा भए इन्सपेक्टर उपाध्याय


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र कुमार उपाध्याय बिहिवार बिदा भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा सरुवा भएका इन्सपेक्टर उपाध्यायलाई बिहिवार हरिवनका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, राजनीतिज्ञ लगायतले मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाई गरेका छन् ।

हरिवन नगरपालिका र उद्योग वाणिज्य संघले उपाध्यायलाई संयुक्त रुपमा बिदाई गरे । संघका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षता एवं नगर प्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा बिदाई गरिएको हो । विदाईमा नेकपा नेताहरु राजकुमार उप्रेती, सुरेन्द्र लामा, चुडामणि वाग्ले लगायत पनि उपस्थित थिए ।

प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्साल काठमाण्डौंमा दरबन्दी भई उपाध्यायले काजमा हरिवन प्रहरीको इन्चार्जका रुपमा ८ महिना काम गरे । उनको स्थानमा हरिवन प्रहरीको नेतृत्व सम्हाल्न २ नं. प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय जनकपुरधामबाट इन्सपेक्टर अवधेशकुमार यादव आइसकेका हरिवन प्रहरीले जनाएको छ ।