प्रतिकात्मक तस्बिर ।
मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका ५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
बिहिवार बिहान सखुवनीबाट बयलवासतर्फ आइरहेको ना ५ प ३६९१ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक सखुबनीकै ६५ वर्षीय पुरुषोत्तम प्रसाद कोइरालाको ज्यान गएको हो । बयलवासमा सामान्य उपचार गरी धुलिखेल अस्पताल रेफर गरिएका कोइरालालाई अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
यस्तै उता बिहिवार दिउँसो पानीमा डुबेर गोडैता नगरपालिका ३ सीमरा भगवतीपुरमा एक बालकको ज्यान गएको छ । गाउँको सार्वजनिक पोखरीमा नुहाउन गएका स्थानीय प्रदिप साहका ७ वर्षीय छोरा रमेश कुमार साहको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।