प्रतिकात्मक तस्बिर
लालबन्दी – लालबन्दी नगरपालिका–५, मेजरगञ्जमा गएराती (मंगलवार राती) गोठमा आगलागी हुँदा ५० हजार बराबरको क्षति भएको छ ।
स्थानीय रामप्रसाद साह कानुको गोठमा आगलागी हुँदा गोठसँगै गोठभित्र रहेको ८ क्वीन्टल जति मकै जलेर खरानी भएको हो ।
राती ९ बजेतिर भएको आगलागी गाउँले र प्रहरी मिलेर झण्डै आधा घण्टापछि नियन्त्रणमा लिएका थिए ।