logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सय मुसहर परिवारले पाए राहत


  • उज्यालो अभियान

वितरणका लागि थुपारिएको राहत सामग्री । (तस्बिर सौजन्य : शिवनाथ राउत)

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिकाको विभिन्न बस्तीका दलित मुसहर परिवारलाई राहत स्वरुप खाद्यान्न र अन्य सामग्री सहयोग गरिएको छ ।

फ्रीजे लाईट नामक संस्थाले चन्द्रनगर गाउँपालिका–२ मा विभिन्न बस्तीका मुसहर परिवारलाई जम्मा पारी सहयोग उपलब्ध गराएको हो । अपांगता हुँदाहुँदै सामाजिक सेवामा क्रियाशील स्थानीय शिवनाथ राउतले प्रतिपरिवार २५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ किलो स्वायबिन, १ किलो मटर लगायतका सामग्री मंगलबार दिउँसो सय परिवारलाई प्रदान गरिएको जानकारी दिए । राहत पाएपछि मजदुरी गरेर पेट पाल्ने मुसहर समुदाय खुशी भएका छन् ।
फोटो क्याप्सन ः वितरणका लागि थुपारिएको राहत सामग्री । (तस्बिर सौजन्य ः शिवनाथ राउत)