मलंगवा, १५ असार – मधेश प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारी आज जिल्लाको निरीक्षण गरेर जनकपुर फर्किएका छन् ।
भर्खरै मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाल्न आएका डिआइजी अधिकारीले आज दिउँसो जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेर फर्किएका हुन् । उनले पश्चिमी भेगको इलाका प्रहरी कार्यालय बरहथवासहित अन्य केही प्रहरी युनिटकको पनि निरीक्षण गरेको बुझिएकाे छ ।
उनलाई जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जिल्ला प्रहरी प्रमुख रवीन्द्रनाथ पौडेलले बिफ्रिङ गरेका थिए । कार्यक्रममा जिल्लाभरका प्रहरी युनिटका इन्चार्जहरु सहभागी भएका थिए ।
डिआइजी अधिकारीले नागरिक सर्वोच्चता, सुशासनलगायत समसामायिक विषयमा निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।