logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

३ दिने आधारभूत पत्रकारिता तालिमको समापन


  • उज्यालो अभियान

हरिपुर, ११ असार – सर्लाहीको हरिपुरमा मंगलबारदेखि विद्यार्थीका लागि आयोजित आधारभूत पत्रकारिता सम्वन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ ।

हरिपुर नगरपालिकाको आर्थिक सहयोग तथा जय माँ मिडिया प्रा. लि. को आयोजनामा हरिपुर नगरपालिकाका ३ वटा विद्यालयमा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको हो । हरिपुर नगरपालिका १ मा रहेको पाँचकुमार राम औतार लक्षिया माध्यमिक विद्यालय हजारबिघा, हरिपुर नगरपालिका २ मा रहेको महावीर जनता बहुमुखी क्याम्पस हरिपुर बजार र हरिपुर नगरपालिका ४ मा रहेको जनता माध्यमिक विद्यालय हरैयामा आयोजित तालिमको आज समापन गरिएको आयोजकले जनायो ।

तीनवटै स्थानमा ३५ जनाका दरले विद्यार्थी सहभागी भएका थिए । सहभागीलाई सर्लाहीमा क्रियाशील पत्रकारहरु ओमप्रकाश ठाकुर, टंकबहादुर क्षेत्री, रामबाबु खड्का, जनार्जन खत्री, घनश्याम बलम्पाकी, श्रवण थापा, सन्जु कर्णलगायतले प्रशिक्षण प्रदान गरेका छन् ।

विद्यार्थीलाई आधारभूत पत्रकारिताबारे ज्ञान दिने, दुष्प्रचारको बारे सचेत गराउने, साइबर सुरक्षाबारे सचेतना जगाउने र व्यक्तित्व विकास गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

तालिमको आज नगरप्रमुख गोपाल पजियार, शिक्षा शाखा प्रमुख नागेश्वर राय, हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापा, नेपाल पत्रकार महासंघ शाखा सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरलगायतको उपस्थितिमा समापन गरिएको हो ।