logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सुवेदीले सर्लाहीमा सीडीओकाे कार्यभार सम्हाले


  • उज्यालो अभियान

मलंगवा, ०२ असार – सर्लाहीकाे प्रमुख जिल्ला अधिकारी (सीडीओ) काे जिम्मेवारी विजयराज सुवेदीले सम्हालेका छन् ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा साेमबार हाजिर भई सुवेदीले सर्लाहीकाे सीडीओकाे कार्यभार सम्हालेका हुन् । केही दिनअघि गृह मन्त्रालयले गरेकाे सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय धादिङबाट सर्लाहीकाे सीडीओकाे जिम्मेवारी सम्हाल्न सुवेदी आएका हुन् । उनलाई सहायक प्रमुख जिल्ला अधिकारी हाेमराज घिमिरे लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले स्वागत सम्मान गरेका थिए ।

यसअघिका सीडीओ रामु राज कडरियाकाे गृह मन्त्रालय सरुवा भएकाे छ ।