मलंगवा, २९ जेठ – प्रहरी प्रधान कार्यालयले गत बुधबार मुलुकभरका ५०९ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) हरुकाे सरुवा गरेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरकाे प्रमुखकाे रुपमा ईन्स्पेक्टर झलक शर्मा आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले वडा प्रहरी कार्यालय त्रिभुवननगर घाेराही दाङ दरबन्दी भई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्शालमा कार्यरत शर्मालाई सर्लाही ट्राफिक प्रहरी प्रमुखकाे जिम्मेवारी दिएकाे छ । हालका ट्राफिक प्रमुख अशाेक कुमार साहकाे भने नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर सरुवा भएकाे छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीकाे प्रमुखकाे रुपमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट ईन्सपेक्टर श्याम थापा मगर आउने भएका छन् । हालका ईन्स्पेक्टर बीरेन्द्र सिंह जाेहारीकाे लागूऔषध नियन्त्रण ब्यूराे काेटेश्वर, काठमाडाैं सरुवा भएकाे छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय चक्रघट्टाकाे प्रमुखकाे रुपमा नेपाल प्रहरी प्रदेश कार्यालय पाेखराबाट ईन्स्पेक्टर गणेश पाण्डे आउने भएका छन् । हालका ईन्स्पेक्टर पवन जंग कार्कीकाे भने काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपाेखरी सरुवा भएकाे छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीकाे मानवश्राेत व्यवस्थापन शाखा प्रमुखकाे रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट ईन्स्पेक्टर रुपेश अधिकारी आउने भएका छन् भने शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा प्रमुखकाे रुपमा प्रहरी प्रधान कार्यालयबाट सुषमा कठेत आउने भएकी छिन् । हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत ईन्स्पेक्टर विशाल बहादुर बुढाथाेकीकाे इलाका प्रहरी कार्यालय टाेकरपुर, रामेछाप प्रमुखकाे रुपमा तथा ईन्स्पेक्टर बिन्देश्वर यादवकाे नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, सुनसरी सरुवा भएकाे छ ।