logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चेतना सन्देश नेपालकाे वार्षिक साधारण सभा र सामाजिक लेखापरीक्षण सम्पन्न


  • उज्यालो अभियान

घुर्काैली, २३ जेठ – सर्लाहीकाे हरिवन नगरपालिका अन्तर्गत घुर्काैलीमा बालगृह सञ्चालन गरिरहेकाे गैर सरकारी संस्था चेतना सन्देश नेपालकाे २२औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

शनिबार बिहान बालगृह परिसरमा कार्यक्रम गरिएकाे हाे । संस्थाका अध्यक्ष सुरेन्द्र लामाकाे अध्यक्षता तथा हरिवन नगरपालिकामा प्रमुख कमल बुढाथाेकीकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा प्रदेश सभा सदस्य एवं मधेश प्रदेश सरकारकी पूर्व मन्त्री बेची लुंगेली, हरिपुर नगरपालिकाका पूर्व नगर प्रमुख जमिरुद्धिन मन्सुर लगायतकाे आतिथ्यता रहेकाे थियाे । प्रदेश सभा सदस्य लुंगेली संस्थाकी काेषाध्यक्ष समेत हुन् ।

कार्यक्रम सञ्चालक जनक जिम्बाले संस्थाकाे आर्थिक वर्ष २०८१/०८२ काे आर्थिक लेखा परीक्षण प्रस्तुत गरेका थिए । कार्यक्रममै संस्थाकाे काम कारबाही तथा आर्थिक प्रतिवेदनकाे सामाजिक लेखा परीक्षण समेत गरिएकाे छ । कार्यकममा संस्थाका पदाधिकारी, साधारण सदस्य, सहयाेगी दाता, स्थानीय भद्र भलाद्मी, पत्रकार, शिक्षासेवी लगायतकाे उपस्थिती रहेकाे थियाे । बालगृहका व्यवस्थापक नविन लामाका अनुसार कार्यक्रमका वक्ताहरुले संस्थाकाे उत्तराेतर प्रगतिकाे कामनासहित उचित सहयाेगका लागि प्रतिवद्धता समेत प्रकट गरेका छन् ।