logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीका सीडीओ कडरियाकाे सरुवा, सुवेदी आउँदै


  • उज्यालो अभियान

फाइल तस्बिर

मलंगवा, २२ जेठ – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामु राज कडरियाकाे सरुवा भएकाे छ ।

प्रजिअ कडरियाकाे गृह मन्त्रालय सिंहदरबार सरुवा भएकाे हाे । सर्लाहीकाे प्रमुख जिल्ला अधिकारीकाे रुपमा कडरियाले गत कात्तिक १७ गते जिल्ला प्रशासन कार्यालय मलंगवामा हाजिर भएर जिम्मेवारी सम्हालेका थिए ।

सर्लाहीकाे नयाँ प्रजिअमा भने जिल्ला प्रशासन कार्यालय धादिङबाट विजयराज सुवेदीलाई सरुवा गरिएकाे छ । गृह मन्त्रालयले शुक्रबार प्रजिअहरु सहित १६ जना सहसचिबकाे सरुवा गरेकाे हाे ।