बागमती, २२ जेठ – नेपाली सेनाले मधेश प्रदेश स्तरीय उद्धार अभ्यास गरेकाे छ ।

शुक्रबार बिहान सर्लाही र राैतहटकाे सीमा बागमती नदी तथा किनारमा मधेश प्रदेशका मुख्य मन्त्री कृष्ण प्रसाद यादवकाे प्रमुख आतिथ्यता एवं अर्थ मन्त्री युवराज भट्टराई, गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो, नेपाली सेना मध्य पूर्वी पृतना बर्दीबासका पृतनापति उपरथी भुवन खत्री लगायतकाे आतिथ्यतामा प्रदेशस्तरिय आठाैं संस्करणकाे `अभ्यास हातेमालो २०८३’ कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा नदीले बगाएका सर्वसाधारणकाे उद्धार, बस्तीमा लागेकाे आगलागी नियन्त्रण, विष्फाेटक पदार्थ डिष्पाेज लगायत अभ्यास प्रस्तुती गरिएकाे थियाे ।


विपदका बेला कसरी उद्धार गर्ने भनेर अभ्यास प्रस्तुती गरिएकाे नेपाली सेना कालिध्वज गण पाँचकुमारीका गणपति प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए । बागमती सिँचाई आयाेजनाकाे ब्यारेज छेउमा भएकाे जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, पालिकाका प्रमुख, पत्रकारहरु,नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिहरु, राष्ट्रिय सेवादलका क्याडेटहरु लगायतकाे उपस्थिती रहेकाे थियाे ।
