Oplus_131072
ईश्वरपुर, १४ जेठ – सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वाटर सर्लाहीले ईश्वरपुरमा विपद् स्वयंसेवक तालिम सम्पन्न गरेकाे छ ।
ईश्वरपुर नगरपालिकाको सहकार्यमा बुधबार दिउँसाे बयलबासस्थित नारायण माविको प्राङ्गगणमा विपद् स्वयंसेवक तालिम गरिएकाे सशस्त्र प्रहरी उपरीक्षक अमर बाहादुर खत्रीले जानकारी दिए । सप्रउ खत्रीका अनुसार ईश्वरपुर नगरपालिका क्षेत्रका विद्यार्थी, स्काउटरहरु लगायतलाई विपद् प्रतिकार्य तालिम दिइएकाे हाे । विपद् जोखिम न्यूनिकरण एवं व्यवस्थापन कार्यलाई सुदृढ बनाउन र समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन समुदायमा रहेका नागरिकलाई सक्षम बनाउने उद्देश्यकका साथ विपद् स्वयंसेवक परिचालन तालिमको शुरुवात गरिएको सप्रउ खत्रीले जानकारी दिए ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्यकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया, नेपाली सेना कालिध्वज गणका गणपति प्रमुख सेनानी उमेश खड्का, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरु, नारायण माविका प्रधानाध्यापक, शिक्षक, स्थानीय लगायतकाे उपस्तथिती रहेकाे थियाे । सशस्त्र पणरहरीकाे याे तालिमले विपद् व्यवस्थापनमा निकै टेवा पुग्ने वक्ताहरुले धारणा राखेका थिए ।