logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भारतीय माेटरसाइकलकाे ठक्करबाट साइकल यात्रीकाे मृत्यु


  • उज्यालो अभियान

ईश्वरपुर, २८ बैशाख – भारतीय नम्बर प्लेटकाे माेटरसाइकलकाे ठक्करबाट साइकल यात्रीकाे मृत्यु भएकाे छ ।

आइतबार राती साँढे ८ बजे ईश्वरपुर नगरपालिका-२ राईटरखोरमा भारतीय BR 30 E 6902 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सबार ईश्वरपुर-२ राईटरखोर निवासी ६५ वर्षीय किसुन देव साह गम्भिर घाइते भएकाे र उपचारका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । मियाँखाेरबाट सुकनाहातर्फ जाँदै गरेकाे माेटरसाइकलले बिपरित दिशाबाट आउदै गरेको साह सबार साईकललाई ठक्कर दिएकाे थियाे ।

दुर्घटनामा परी माेटरसाइकलकाे पछाडी सवार ईश्वरपुर-१५ सुकनाहा निवासी सोनेलाल राउतको छोरा १४ वर्षीय बिक्की कुमार राउत सामान्य घाइते भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ठक्कर दिने माेटरसाइकल चालक ईश्वरपुर-१५ सुकनाहा निवासी देबेन्द्र साहको छोरा २३ वर्षीय मनिष साहलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडी बढाइएकाे छ ।