logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ग्याँस सिलिण्डरबाट सल्केकाे आगाेले घरसहित सम्पूर्ण सामान जलेर नष्ट


  • उज्यालो अभियान

विलन्दी, २५ बैशाख – हरिवन नगरपालिका-१ चुरे क्षेत्रस्थित बिलन्दी डाँडामा घरमा आगलागी भएकाे छ ।

शुक्रबार बिहान दिवश बम्जनको काठले बनेको २ तल्ले घर तथा घरभित्र रहेकाे लताकपडा, अन्नपात, भाडाकुडा, गर गहना, फर्निचर लगायत सामग्री पुर्ण रुपमा जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ ।
प्रहरीका अनुसार भान्सा कोठामा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर बिहान सबा ९ बजे घरमा आगलागी सुरु भएकाे थियाे ।

खबर प्राप्त हुनासाथ पुगेकाे दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीकाे टाेली पुगेर आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । क्षतिकाे पूर्ण विवरण आउन बाँकी रहेकाे प्रहरीले जनायाे ।