logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

यात्रुबसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु


  • उज्यालो अभियान

हरिपूर्वा, २४ वैशाख – बाँके-संग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका-९ खिला गाउँ नजिकै यात्रुबाहक बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।

विहिबार बिहान साँढे ८ बजे संग्रामपुरबाट बाँकेतर्फ आउँदै गरेको ग. १ ख ९४६७ नम्बरको बसले बिपरित दिशाबाट जादै गरेको ना. ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे । ठक्करबाट गम्भिर घाइते भएका माेटरसाइकल चालक महोत्तरीकाे गौशाला नगरपालिबा-१२ कान्तिबजार निबासी भोगेन्द्र ठाकुरको छोरा ३६ वर्षीय पप्पु भन्ने श्याम ठाकुरको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । प्रहरीका अनुसार टाउकोमा चोट लागि गम्भीर घाईते अवस्थामा प्रादेशिक अस्पताल मलगंवा पुर्याउँदा चिकित्सकले ठाकुरलाई मृत्त घाेषणा गरेका थिए ।

ठक्कर दिने बसका चालक फरार रहेकाे र बसधनी पर्सा गाउँपालिका-२ संग्रापुर निबासी २७ वर्षीय मनिष कुमार महतो र मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा राखेर कारबाही प्रकृया अगाडी बढाइएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।