धरहरा, २२ वैशाख – माेटरसाइकलकाे ठक्करबाट पैदल यात्रुकाे मृत्यु भएकाे छ ।
नयाँराेड-बरहथवा सडकखण्ड अन्तर्गत बागमती नगरपालिका-२ धरहरा चाेकमा साेमबार साँझ पाैने ६ बजे BR 33 BF 7821 नम्बरको मोटरसाइकलले स्थानीय ७५ वर्षीय हरि बहादुर अधिकारीलाई ठक्कर दिएकाे थियाे । ठक्करबाट गम्भिर घाइते अधिकारीलाई उपचारका लागि एलएस न्युरो अस्पताल बारामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ ।
मोटरसाइकल चालक सर्लाहीकाे गोडैता नगरपालिका-२ निवासी सत्यनरायण महतोको छोरा २० वर्षीय शिवम कुश्वाहालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय हरिवनले जनायाे