logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

`भरत ताल’ छेउमा मानव कङ्काल फेला


  • उज्यालो अभियान

मानव शरिरकाे कङ्काल फेला परेकाे स्थान । (तस्बिर : घनश्याम बलम्पाकी/उज्यालाे अभियान)

बागमती, १६ व‌ैशाख – `भरत ताल’ (बागमती माछा पाेखरी) छेउमा मानव कङ्काल फेला परेकाे छ ।

बागमती नगरपालिका-१२ स्थित भरत तालदेखि उत्तर ढुङ्गा गिट्टी थुपारिएकाे स्थानमा कङ्काल बनिसकेकाे अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ । मंगलबार दिउँसाे स्थानीय घाँस काटन जानेहरुले मानव जस्ताे देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

टाउकाे छुट्टिएकाे र शरिर पनि पूर्ण रुपले क्षतविक्षत अवस्थामा शव फेला परेकाे प्रहरीले जनायाे । कपडाहरु हेर्दाचाँही पुरुषकाे शव हुन सक्ने अनुमान गरिएकाे छ ।

शव पाेष्टमार्टमका लागि मंगलबार साँझ नै सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल पठाइएकाे प्रहरीले जनायाे ।