परवानीपुर, १४ वैशाख – जंगली जनावर बँदेलकाे आक्रमणबाट एक युवककाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार लालबन्दी नगरपालिका-१५ परवानीपुरस्थित पिडखोल्सी निवासी तुल बहादुर थिङको छोरा ३२ वर्षीय प्रेम बहादुर थिङ(दावा) को बँदेलकाे आक्रमणबाट मृत्यु भएकाे हाे । आइतबार साँझ ५ बजे मकै बालीमा क्षति पुर्याउदै गरेकाे देखेपछि उक्त बँदेललाई पछ्याउँदै जाँदा पिडखोल्सीमा बँदेलकाे आक्रमणबाट दावा गम्भिर घाइते भएका थिए ।
घाइते दावालाई तत्काल उपचारको लागी लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । आइतबार राती सबा ११ बजे मृतककाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल ल्याइएकाे प्रहरीले जनायाे ।