जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाही
हरिपुर्वा, १४ वैशाख – विवाहमा जन्ती आएका युवक र स्थानीयबीच वादविवाद हुँदा कुटपिटबाट दुइजना युवक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार सर्लाहीकाे ईश्वरपुर नगरपालिका-१५ सुक्नाहाचोकमा स्थानीयकाे कुटपिटबाट जन्ती आएका महाेत्तरी गाैशालाका दुइ युवक घाइते भएका हुन् । महाेत्तरीकाे गाैशाला नगरपालिका-७ मनहर्वाबाट सर्लाहीकाे ब्रह्मपुरी गाउँपालिका-७ माेहनगंज जन्ती आएका २७ वर्षीय सुजित यादव र ३२ वर्षीय शुशिल यादव घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइते दुवैजनाकाे हरिपुर्वा अस्पतालमा उपचार भइरहेकाे छ ।
जन्ति आउने क्रममा घाइते दुई युवाकाे आइतबार राती साँढे १० बजे सुकनाहाका स्थानियहरुसँग विवाद भएकाे थियाे । स्थानीयकाे आक्रमणबाट घाइते युवाहरु सवार BR 30 AP 4730 नम्बरको माेटरसाइकलमा समेत क्षति पुगेकाे प्रहरीले जनाएकाे छ । क्षतिग्रस्त माेटरसाइकल नियन्त्रणमा राखिएकाे र वादविवादसहित कुटपिट गर्ने स्थानीयकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनायाे ।