लालबन्दी, ११ बैशाख – लालबन्दी नगरपालिका–९, बस्तीपुरमा आज विपन्न तथा असहायलाई ५० थान झुल वितरण गरिएको छ ।
नेपाल–भारत मैत्री संघ उपशाखा लालबन्दीको आयोजनामा बढ्दो गर्मी र लामखुट्टेको प्रकोपलाई मध्यनजर गरी स्थानीय दलित, जनजातिलगायत छनौट गरी ५० थान झुल वितरण गरिएको हो ।
लामखुट्टे, सर्पलगायत अन्य कीरामीराबाट जोगाउने उद्देश्यले विपन्न तथा असहाय परिवारलाई झुल वितरण गरिएको नेपाल–भारत मैत्री संघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले जानकारी दिए ।