logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

सेवा प्रवाहको अवस्था मूल्यांकन गर्न बसबरिया गाउँपालिकाको निर्देशन


  • उज्यालो अभियान

बसबरिया, १० बैशाख – बसबरिया गाउँपालिकाले वडा तहमा सेवा प्रवाहको अवस्था प्रभावकारी बनाउन अनुगमन तथा विवरण संकलन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै वडा नं. १ देखि ६ सम्मका वडा अध्यक्षहरूलाई आवश्यक विवरण पेश गर्न निर्देशन दिएको हो ।

गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवाहरूलाई थप गुणस्तरीय, नियमित र जवाफदेही बनाउने उद्देश्यसहित यस्तो कदम चालिएको जनाएको छ । सोही अनुसार वडा तहमा रहेका विभिन्न सरकारी निकायहरूको कार्यसम्पादनको अवस्थाबारे आकस्मिक अनुगमन गरी यथार्थ विवरण पेश गर्न आग्रह गरएिको छ ।

सूचनामा उल्लेख गरिएअनुसार अनुगमनका मुख्य क्षेत्रहरूमा वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालयहरू समावेश छन् । वडा कार्यालयमा कर्मचारीहरूको उपस्थिती, कार्यालय समयको पालना तथा पोशाक प्रयोगको अवस्था हेर्नुपर्नेछ भने स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरूको नियमतिता, औषधीकाे उपलब्धता र सेवा गुणस्तरको मूल्यांकन गरिनेे छ ।

त्यसैगरी विद्यालयहरूमा भर्ना अभियान, शिक्षकहरूको उपस्थिती, पठनपाठनको अवस्था तथा प्रशासनिक चुस्तताको विषयमा पनि अनुगमन गरिने बताइएको छ ।
गाउँपालिकाले वडा अध्यक्षहरूलाई बहिान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालयमा उपस्थित भई जनतासँग प्रत्यक्ष जोडिन समेत निर्देशन दिएको छ । साथै, सेवामा देखिएका कमजोरी वा ढिलासुस्तीबारे जानकारी पत्रमार्फत गराउन अनुरोध गरिएको छ ।