logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

दुवै मृगौला फेल भएकी हायुको उपचारमा सहयोगको याचना


  • उज्यालो अभियान

दुवै मृगाैला काम नलाग्ने भएपछि हाल उपचाररत सम्झना सिन्दाली हायु ।

हरिवन, ०८ वैशाख – दुवै मृगौला (किड्नी) खराब भएपछि हरिवन नगरपालिका-१ निवासी ३२ वर्षीया सम्झना सिन्दाली हायूको उपचार सहित मृगौला प्रत्यारोपणका लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरेको छ ।

सम्झनाकाे बैंक खाता क्यूआर ।

सम्झनाका श्रीमान दिनेश राई हायूले पत्नीको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका हुन् । ‘श्रीमतीको दुवै मृगौला फेल भएको छ, आर्थिक अवस्था साह्रै कमजोर छ’, दिनेशले अनुरोध गर्दै भने, ‘डेढ वर्षदेखि ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ, अस्पतालमा अब डायलासिस गरेर मृगौला फेर्नुपर्छ भनेका छन्, तर आर्थिक अभावले सङ्कटमा परेको छु ।’ पैसा अभावका कारण उपचार नहुँदा श्रीमती नै गुमाउनु पर्ने हो कि भन्ने चिन्ताले यतिखेर दिनेश छटपटाइ रहेका छन् ।

‘आर्थिक सहयोग मात्र हैन मृगौला दान गर्ने दाता पनि भेट्टाउन पाए हुन्थ्यो’, मङ्गलबार उज्यालो अभियानसँग मलिन स्वरमा दिनेशले भने, ‘यतिन्जेल उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पति सकिइसक्यो, ऋण पनि निकै लागिसक्यो, अब त सरकार वा अन्य दानवीर दाताहरूबाट आर्थिक सहयोग नपाए श्रीमतीको उपचार नै गराउन नसक्ने अवस्थामा पुगेको छु ।’ दिनेश काठमाडौंतिरै सेक्युरिटी गार्डको काम गर्दै आएका छन् भने सम्झना हरिवन नगरपालिका वडा नं. १ को कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन् ।

उनीहरूको एक छोरा रहेका छन् । इच्छुक दाताहरूले सम्झनाको बैक खातामा क्यूआर गरेर आर्थिक सहयोग गर्न सक्नु हुनेछ भने भेटेरै सहयोग गर्न इच्छुकले दिनेशको मोबाइल नम्बर ९८६४०९८३२१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

श्रीमतीकाे उपचार गराउँदा गराउँदै दिनेशकाे आर्थिक अवस्था दयनीय बनेकाले बिरामीकाे उपचार नै राेकिने अवस्था भएकाे  हुँदा दाताहरुलाई यथाशक्य आर्थिक सहयाेग गर्न हरिवनका युवा राधाकृष्ण प्याकुरेलले आग्रह गरेका छन् ।