logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

ढुंग्रेखोला खानेपानीको साधारण सभा सम्पन्न, २२ सय घरधुरीले खानेपानी पिउँदै


  • उज्यालो अभियान

बागमती, २८ चैत – सर्लाहीको बागमती नगरपालिका–१, ढुंग्रेखोलामा रहेको बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष बसन्त भट्टराईको अध्यक्षता तथा बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्ण लामाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट संस्थाको आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदनसहितका हरहिसाब र संचालक समितिका निर्णयहरु पारित गरिएको छ ।

२०५६ सालमा स्थापना भएको यस खानेपानी आयोजनाले अहिले बागमती नगरपालिकाका विभिन्न वडामा २२ सय ६८ घरधुरीमा खानेपानी खुवाउँदै आएको संस्थाका अध्यक्ष भट्टराईले बताए ।

बागमतीमा खानेपानीको अभाव टार्दै संस्था मुनाफामा संचालन गरी स्थानीयलाई स्वच्छ खानेपानी खुवाइरहेको अध्यक्ष भट्टराईको भनाइ छ ।