logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

करेन्ट लागेर ५ वर्षका बालकको ज्यान गयो


  • उज्यालो अभियान

घाबिरथान, २५ चैत – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा आज करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेतमा सिँचाई गरिरहेको स्थान नजिक खेलीरहेका राम बैलकोटीका छोरा पाँच वर्षीय वियान्स बैलकोटीलाई करेन्ट लागेर ज्यान गएको हो । करेन्ट लागेर अचेत भएका बालकलाई बयलवासस्थित नगर अस्पताल ईश्वरपुरमा ल्याएर चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय केशरगन्जले जनायो ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।