सांकेतिक तस्बीर ।
मलंगवा, २२ चैत – सर्लाही सदरमुकाम मलंगवामा एक किराना पसलबाट साँढे ५ लाख रुपैयाँ चोरी भएको छ ।
मलंगवा नगरपालिका ४ शिवसागर चोकमा रामबाबु महतोको जेनरल स्टोरमा रहेको ५ लाख ५० हजार रुपैयाँ चोरी भएको हो । गएराति के कुन समयमा नगद चोरी भएको भनी आज बिहान पसल संचालकले प्रहरीमा खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले चोरीको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । सदरमुकाम मलंगवामा यसरी बारम्बार चोरी हुँदा स्थानीय हैरान भइरहेका छन् ।