logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

हावाहुरी र असिना पानी, घरगोठका छानो र बालीमा क्षति


  • उज्यालो अभियान

लालबन्दी, १८ चैत – हिजो बेलुका सर्लाहीका विभिन्न भागमा हावाहुरीसहित असिना पानी परेको छ ।

बेलुका ७ बजेपछि आएको असिना पानी र हावाहुरीले केही ठाउँमा क्षतिसमेत गरेको स्थानीयले बताएका छन् । हावाहुरीले घरको छानो तथा करेसाबारीमा लगाइएको आँप, लिची र तरकारी बालीमा नोक्सान गरेको ईश्वरपुर नगरपालिका–५, का सुशीलकुमार थपलियाले बताए ।

हावाहुरीले रुखका हाँगा भाचेर तथा घर, गोठका जस्ता पाता उडाएर क्षति गरेको हो । लालबन्दी नगरपालिका–७, का बिमल तिमिल्सिनाका अनुसार लालबन्दीमा आसपासमा हावाहुरीसहित केहीबेर असिनासहित वर्षा भएको छ ।

हिजो दिनभर मौसम धुम्मिएर साँझपख असिना पानी परेको सर्लाहीमा आज भने बिहानैदेखि मौसममा सुधार आएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाले हावाहुरीबाट भएको क्षतिको विवरण आइनसकेको जनायो ।