logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

सर्लाहीको मौसम बदली, चिसो महसुस


  • उज्यालो अभियान

हरिवन, १७ चैत – सर्लाहीको मौसम आज पुनः बदली भएर छ ।

यहाँ आज पानी पर्ला जस्तो भई मौसम धुम्मिएको हो । मौसम बदली हुँदा स्थानीयले बिहानैदेखि चिसो महसुस गरेका छन् । यो वर्ष चैत लागेदेखि बेलाबेलामा वर्षा भइरहेको छ ।

अहिले परेको पानीले विशेष गरी आकासे वर्षाको भर रहेको क्षेत्रका किसानलाई निकै खुसी तुल्याएको छ । सिँचाई सुविधा रहेकै क्षेत्रमा रहेका बालीनालीलाई पनि वर्षाले राम्रो काम गरेको किसानले बताएका छन् ।

मौसम बदली भएर धुम्मिँदा मकै, पाक्ने बेला भएको गहुँलगायतको बालीमा क्षति गर्ने हो कि भन्ने चिन्ता कतिपय किसानमा रहेको छ ।