logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

सर्लाहीका ४ वटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव खटाइयो


  • उज्यालो अभियान

हरिपुर, १७ चैत – निमित्तको भरमा रहेका सर्लाहीका चारवटा नगरपालिकामा उपसचिवस्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो ६३ जना उपसचिवको सरुवा निकाल्दा सर्लाहीका ४ वटा नगरपालिकामा बल्ल दरबन्दी अनुसार उपसचिवस्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको हो । गोडैता नगरपालिकामा उपसचिव हेमबहादुर काकीलाई खटाइएको छ ।

यस्तै बागमती नगरपालिकामा उपसचिव रामप्रसाद शर्मा, कविलासी नगरपालिकामा उपसचिव मनहरि बराल र हरिपुर नगरपालिकामा उपसचिव जयराम नेपाललाई सरुवा गरेर प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको छ ।

मन्त्रालयमै कार्यरत चारै जनालाई यहाँ पठाइएको हो ।

सर्लाहीमा यसअघि पनि दरबन्दी अनुसार उपसचिव स्तरका कर्मचारी पठाउँदा कतै हाजिर नगराउने र कतै कर्मचारी नै आउन नमान्ने प्रवृत्ति देखिन्थ्यो ।

यो पटक नयाँ सरकार आएपछि पठाइएका उपसचिवहरु जिल्लामा आउने आश गरिएको छ ।