यो पुरानो तस्बीर हो ।
जानकीनगर, १३ चैत – हरिपुर नगरपालिका–२, जानकीनगर सखुवा मौजामा जंगली हात्ती आएर बालीनालीमा क्षति गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
स्थानीयवासी ध्रुवप्रसाद प्रसाईले गएराति अचानक तीनवटा जंगली हात्ती देखा परेका उज्यालो अभियानसँग बताए । हात्तीको बथानले श्याम उप्रेती, सन्तोष उप्रेती र इन्द्रबहादुर खड्काको मकै बालीमा क्षति गरेका छन् ।
हावाहुरी र असिना पानीले क्षति गरेर बाँकी रहेको मकै खेतीमा अहिले फेरि हात्ती आएर क्षति गर्न सुरु गरेपछि किसानमा चिन्ता थपेको छ ।