logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

ईश्वरपुरमा लायन्स क्लबको औपचारिक स्थापना


  • उज्यालो अभियान

बयलवास, ०९ चैत – सर्लाहीको ईश्वरपुरमा लायन्स क्लबको औपचारिक स्थापना भएको छ ।

आज ईश्वरपुर नगरपालिका ६ बयलवासमा रहेको गल्ला व्यापार संघको भवनमा कार्यक्रम आयोजना गरी लायन्स क्लब स्थापनाको औपचारिक जानकारी गराइएको हो । लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड नामक क्लबको स्थापना गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले जानकारी दिए ।

औपचारिक रुपमा नवगठित क्लबको अध्यक्षमा डा. आलोक कुशवाहासहितका पदाधिकारी तथा सदस्य रहेका छन् । मातृ संस्थाको रुपमा रहेको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष रेवन्तराज तिमल्सिनाको अध्यक्षता, लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका गर्भनर रवीन्द्रबहादुर प्रधानको प्रमुख आतिथ्यता र ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यको विशिष्ठ आतिथ्यतामा लायन्स क्लबको औपचारिक स्थापना भएको घोषणा गरिएको हो ।

कार्यक्रममा ईश्वरपुरका विभिन्न वडाका वडाध्यक्ष, लायन्स क्लबका पूर्व तथा वर्तमान पदाधिकारी र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।