बलरा, १७ फागुन – सर्लाहीकाे बलरा नगरपालिका निवासी एक दम्पतिले झुण्डिएर आत्महत्या गरेका छन् ।
बलरा नगरपालिका-१० सुदामा निवासी ६० वर्षीय भनु महतो र उनकी पत्नी ५६ वर्षीय निर्मला देवीले एकसाथ आत्महत्या गरेका हुन् । आफ्नाे घरबाट ५०० मिटर उत्तर पश्चिमस्थित गोठ घरको बाँसको बलोमा प्लाष्टिककाे डाेरीले पासाे लगाएर झुण्डिएकाे अवस्थामा महताे दम्पति मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । आइतबार बिहान ८ बजे स्थानीयले दुवैजनालाई झुण्डिएकाे अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । उनिहरुले शनिबार राती नै आत्महत्या गरेकाे प्रहरीले अनुमान गरेकाे छ ।