logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

नेपाली सेनाले सूरु गर्यो बख्तरबन्द सहितको गस्ती (तस्बिरहरू)


  • उज्यालो अभियान

हरिवन, ०८ फागुन – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले बख्तरबन्द (माईन प्रुफ भेइकल) सबारीसहितको गस्ती सुरु गरेको छ । 

गत माघ २१ गतेबाट सुरक्षाका लागि सर्लाही जिल्लाभर नियमित गस्ती गरिरहेको नेपाली सेनाको टोलीले गत मङ्गलबारबाट बख्तरबन्द सबारीसहितको टोली पनि निस्किएको नेपाली सेनाको लालबन्दी नगरपालिका-२ पाँचकुमारीस्थित कालीध्वज गणका गणपति प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले आवश्यकताअनुसार आफ्नो छुट्टै तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग संयुक्त रुपमा गस्ती गरिरहेको गणले जनाएको छ ।

प्रमुख सेनानी (कर्नेल) खड्काका अनुसार क्षेत्र नं. १ मा पाँचकुमारी गणबाट, २ मा मलंगवास्थित सुरक्षा बेस र ३ मा बागमतीस्थित सुरक्षा बेसबाट चौबिसै घण्टा गस्ती टोली खटिई रहेका छन् । त्यस्तै क्षेत्र नम्बर ४ का लागि धनकौल गाउँपालिकामा सेनानी (मेजर) को कमान्डमा अस्थायी सुरक्षा बेस स्थापना गरिएको र सोही बेसबाट गस्ती भइरहेको छ । मलंगवा र बागमतीमा भने यसअघि देखि नै मेजरको कमान्डमा नेपाली सेनाको स्थायी सुरक्षा बेस रहेका छन् ।

यसअघिका निर्वाचनमा भने केही दिनअघि बाट मात्र नेपाली सेना परिचालन हुने गरेको भएपनि यो पटक नेपाल सरकारको निर्णयअनुसार महिना दिनअघिबाटै नेपाली सेनाले गस्ती सुरु गरेको हो ।