फाइल तस्बीर ।
लालबन्दी, १० माघ – आज दिउँसोदेखि सर्लाहीको मौसम बदली भएको छ ।
मध्यान्हसम्म चर्को घाम लागेको सर्लाहीमा दिउँसोदेखि भने बदली भएको हो । यहाँ दिउँसादेखि मौसम धुम्मिए पनि पानी पर्न भने सकेको छैन् ।
मौसम धुम्मिएकाले दिउँसोबाट स्थानीयले चिसो महसुस गरेका छन् । नत्र भने यहाँ माघ लागेदेखि दिउँसोपख त गर्मी चढ्न थालिसकेको थियो ।
यसैबिच, देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुम्ला, जुम्ला, दार्चुला, बैतडी, डडेल्धुरालगायतका जिल्लामा हिमपात भएको हो । गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो ।
निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुशी भएका छन् ।