logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दिवंगत आमाको सम्झनामा आश्रमलाई कम्बल प्रदान


  • उज्यालो अभियान

नवलपुर, ०७ माघ – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरका एक परिवारले आज दिवंगत आमाको स्मृतिमा वृद्ध आश्रममा कम्बल प्रदान गरेको छ ।

स्वर्गिय हर्षमाया खड्काको वार्षिक पुण्यतिथी (बरखी) को अवसर पारेर छोरा शेरबहादुर खड्का, बुहारी गंगामाया खड्कालगायत खड्का परिवारको तर्फबाट पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा ६० थान कम्बल सहयोग गरिएको हो ।

खड्का परिवारले आश्रममा आश्रय दिएर राखिएका आमाबुवाहरुलाई बेलुकाको एक छाक भोजनसमेत गराएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।