logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ईश्वरपुरमा लायन्स क्लबद्वारा कम्बल वितरण


  • उज्यालो अभियान

बयलवास, ०३ माघ – सर्लाहीको ईश्वरपुरमा लायन्स क्लब मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड र लायन्स क्लब अफ लालबन्दीले कम्बल वितरण गरेका छन् ।

दुई क्लबले समन्वय गरी ईश्वरपुर नगरपालिकाको विभिन्न वडाका आर्थिक अवस्था कमजोर भएको भूमिहिन दलित, अपाङ्ग र एकल महिलालाई कम्बल वितरण गरेका हुन् ।

लायन्स क्लब मधेश ईश्वरपुर हेल्पिङ ह्यान्डका अध्यक्ष आलोक कुशवाहा, लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को–अडिनेटर राजकुमार न्यौपानेलगायत भएर स्थानीयहरुलाई कम्बल वितरण गरेका छन् ।