logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मलंगवा नगरपालिकाले गर्यो नगरसभाको हिउँदे अधिवेशन


  • उज्यालो अभियान

मलंगवा नगरपालिकाको १५ औँ नगर सभा (हिउँदे अधिवेशन) । (तस्बीर : राजिव साह)

मलंगवा, ३० पुस – सदरमुकामस्थित मलंगवा नगरपालिकाले आज १५ औँ नगर सभा (हिउँदे अधिवेशन) सम्पन्न गरेको छ ।

नगरप्रमुख नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा नगर सभाको हिउँदे अधिवेशन सम्पन्न भएको हो । नगर सभामा चालु आर्थिक वर्ष २०८२/८३ को केही शिर्षकका बजेट हेरफेर गर्नेसहितका निर्णयहरु पारित भएको मलंगवा नगरपालिका कार्यालयले जनाएको छ । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, १२ वटै वडाका वडाध्यक्ष, नगरसभा सदस्यलगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय नगरप्रमुख एकलौटी हिसाबले चलेको विषय, प्रमुख प्रशासकीय अधिकृत सरुवालगायतमा टकराब चलिरहेका बेला नगरपालिकाले नगरसभाको हिउँदे अधिवेशन शान्तपूर्वक सम्पन्न गरेको हो ।