logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सेनाको आयोजनामा स्कुलका क्याडेटलाई सचेतनामूलक तालिम प्रदान


  • उज्यालो अभियान

लालबन्दी, २० पुस – नेपाली सेनाले स्कुल क्याडेटलाई लागुऔषध दुर्व्यसनी तथा एचआइभी एड्स र तनाव व्यवस्थापन सम्वन्धी सचेतनामूलक तालिम प्रदान गरेको छ ।

मनोपरामर्शदाता तथा मोटिभेसनल स्पीकर बिक्रम थापा मुख्य प्रशिक्षक र बद्रीबहादुर महत सहायक प्रशिक्षक भएर विद्यार्थीहरुलाई सचेतनामूलक तालिम प्रदान गरेका हुन् । विद्यार्थीलाई योग र ध्यान, तनाव व्यवस्थापन, लागुपदार्थ र एचआइभी एड्स सम्वन्धी सचेतनामूलक कार्यक्रम प्रदान गरिएको छ ।

मध्यपूर्वी पृतना हेडक्वाटर सैनिक शिक्षालय बर्दिवास महोत्तरीको आयोजनामा प्रमुख सेनानी नेत्रनारायण तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।