logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दिदीबहिनी जागरण समूहद्वारा गुरुकुलमा सहयोग


  • उज्यालो अभियान

लालबन्दी, २० पुस – दिदीबहिनी जागरण समूहका २०५ जना सदस्यले मुठीदानबाट उठेको पैसा लालबन्दीस्थित राधाकृष्ण वैद्धिक संस्कृत गुरुकुल डुमडुमेमा सहयोग गरेका छन् ।

उनीहरुले अभिभावक कोषमा तेस्रो किस्ताबापत १९ हजार १०५ रुपैयाँ सहयोग गरेका हुन् । यस्तै दिदीबहिनीहरुले गुरुकुलका बटुकलाई भोजनका लागि थप रकम र खाद्यान्न समेत सहयोग गरेका छन् ।

त्यसैगरी दिदीबहिनी जागरण समूहले राधाकृष्ण शिवालय मन्दिर र दुर्गा मन्दिरका लागि पूजा सामग्रीसमेत उपलब्ध गराएका छन् । यसैगरी शान्तिलक्ष्मी श्रेष्ठको जन्मदिनको अवसरमा र विन्दुदेवी साहले समेत खाद्यान्न तथा तरकारी सहयोग गरेका छन् ।

गुरुकुलका अध्यक्ष माधवप्रसाद खरेल, गुरुकुलमा अध्यापन गराउने गुरु, पुरोहितलगायतको उपस्थितिमा मनकारी व्यक्तिहरुले सहयोग हस्तान्तरण गरेका छन् ।