लालबन्दी, ११ पुस नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय वार्षिक साधारण सभाको अवसरमा लालबन्दीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी ६ स्थित एभरेष्ट होटल परिसरमा आयोजित कार्यक्रममा १६ जनाले रक्तदान गरेका नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय सदस्य एवं शिक्षक भरत महतोले जानकारी दिए । उनका अनुसार देशभरका कुशवाहा बन्धु सरिक भएर वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय अध्यक्ष राकेश मेहताको अध्यक्षता तथा मधेश सरकारका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री जवाहारलाल कुशवाहाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।