लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, ०९ पुस – सर्लाहीको लालबन्दीमा आज पूर्वपश्चिम राजमार्गदेखि उत्तरतर्फ दिनभर बत्ती काटिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले सूचना जारी गर्दै सडक विस्तार कार्यका लागि लालबन्दीस्थित डुमडुमे पुलमा रहेको ११ केभी लाइनका पोल तथा ट्रान्सफर्मर सार्नुपर्ने भएकाले बत्ती काट्न लागिएको जनाएको हो । लालबन्दी वितरण केन्द्र प्रमुख सुरज ढुंगेलले बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बत्ती काट्ने सूचना निकालिएको भए पनि काम गर्दै जाँदा सक्किन समय लागे केहीबेर थप कटौति हुन सक्ने जानकारी दिए । उनका अनुसार लालबन्दी बजार हाइवेदेखि उत्तरका सम्पूर्ण स्थानमा विद्युत सेवा अवरुद्ध हुने छ ।
लालबन्दीदेखि दक्षिणतर्फ भने बिजुली नियमित नै हुने वितरण केन्द्र प्रमुख ढुंगेलले बताए । सर्लाहीमा अहिले पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउन धमाधम काम भइरहेको छ ।
रुख काट्ने, बिजुलीको पोल सार्नेसहितका काम भइरहेका हुन् ।
३ दिनअघि रुख काट्ने क्रममा नवलपुरस्थित बागवानी जंगलमा बिजुलीको तार भएकोतर्फ रुख ढलेर क्षति पुग्दा ९ घण्टासम्म लालबन्दी र आसपासको ठाउँमा बिजुली अवरुद्ध भएको थियो ।