मलंगवा, ०८ पुस – उपसचिव होमप्रसाद घिमिरेले पुनः सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्राप्त गरेका छन् ।
एक महिनाअघि मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका घिमिरे पुनः जिल्ला प्रशासन कार्यालयमा फर्किएका हुन् । उनी हिजोदेखि सहायक सिडिओको रुपमा हाजिर भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि लालबन्दी नगरपालिका ५ निवासी उपसचिव घिमिरे मंसिर ३ गते मलंगवा नगरपालिकामा हाजिर भएका थिए । उनी हाजिर भएकै दिन नगरपालिकामा आन्दोलित उपप्रमुख र वडाध्यक्षहरुलाई सहमति गराई ११ दिनदेखि नगरपालिका कार्यालयमा भइरहेको तालाबन्दी खुलाएका थिए ।
तर घिमिरेको सरुवा भएपछि मलंगवा नगरपालिका भने पुनः प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ ।
मन्त्रालयले घिमिरेलाई जिल्ला प्रशासन कार्यालयमा खटाए पनि मलंगवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छैन् ।