लालबन्दी, ०६ पुस – सर्लाही जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्लातर्फ लालबन्दीका अजय श्रेष्ठ र हरि सुवेदीको जोडीले जितेको छ ।
लालबन्दी नगरपालिका ६ स्थित नगर ब्याडमिन्टन कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा इश्वरपुरका कौशलकिशोर सिंह र श्रवण उप्रेतीको समूह दोस्रो हुँदा ईश्वरपुरका अर्जुन गोले र अजय लामा तथा बगमतीका जय गोले र अर्जुन पन्तको समूह तेस्रो भएका छन् ।
त्यसैगरी ५० वर्षमाथि (भेट्रान) तर्फको ब्याडमिन्टन प्रतियोगितामा बरहथवाका गौरव गुरुङ र चेतबहादुर ठकुरीको जोडी पहिलो तथा बरहथवाकै विनोद गुरुङ र युवराज लामाको जोडी दोस्रो भएका छन् । ईश्वरपुरका तुलसीनारायण श्रेष्ठ र मोहन चौधरी तथा मलंगवाका सन्जय चौधरी र सन्जय गुप्ताको जोडी तेस्रो भएका छन् ।
सर्लाही जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रो हुने समूहलाई नगद तथा शिल्ड प्रदान गरिएको खेलका निर्णायक लालबाबु चौधरीले जानकारी दिए ।