logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुर–२ सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा


  • उज्यालो अभियान

भक्तिपुर, ०६ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–२, लाई आज सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको छ ।

ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नको सहयोगमा निरन्तर अभियान संचालन गरी वडाभित्र ४ वर्षदेखि ११ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराइएपछि सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको हो । वडाभित्र ४ देखि ११ वर्षसम्मका सम्पूर्ण ५४२ जना बालबालिका विद्यालय भर्ना भएका वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीको अध्यक्षता तथा नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा ईश्वरपुर ४ लाई नगरको चौंथो सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको हो । यसअघि ईश्वरपुरको वडा नं. ४, १२ र १३ सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा भइसकेका छन् । ईश्वरपुर १२ कालिन्जोर त बालविवाहमुक्त वडासमेत घोषणा भइसकेको छ ।

ईश्वरपुर २ लाई सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा समारोहमा वडा कार्यालयले विभिन्न व्यक्ति तथा संघसंस्था, विद्यालयलगायतलाई सम्मान गरेको छ ।