लालबन्दी, ०५ पुस – पूर्वपश्चिम राजमार्ग विस्तारका लागि काटिएको रुख बिजुलीको तारमा परेर क्षति पुग्दा सर्लाहीको लालबन्दी र आसपासको क्षेत्रमा अहिले साँझ बिजुली अवरुद्ध रहेको छ ।
नवलपुरस्थित बागवनी जंगलमा सडक बढाउने काम गरिरहेका कामदारले रुख ढाल्दा ११ हजार केभी लाइनको ३/४ वटा पोलको तारमा क्षति गरेकाले यस क्षेत्रमा बिजुली अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुरज ढुंगेलले अवरुद्ध बिजुली सुचारु हुन अझै एक÷डेढ घण्टा लाग्न सक्ने उज्यालो अभियानसँग बताए ।
साँझ ५ बजेपछि बिजुली कट्दा लालबन्दी, रानिगन्ज, पत्थरकोट, नारायणखोला, परवानीपुर, घारिबथानलगायत क्षेत्रका स्थानीय अन्धकारमा बसिरहेका छन् ।